सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिले आज प्रदेश सरकारसमक्ष विभिन्न माग तथा सुझावसहितको ज्ञापनपत्र बुझाएको छ।
मुख्यमन्त्री तथा आन्तरिक मामिला एवं कानुनमन्त्री यमलाल कडेललाई सो ज्ञापनपत्र प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव गणेशकञ्चन भारतीको नेतृत्वको प्रतिनिधिमण्डलले बुझाएको हो।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कडेलले पत्रकारितासम्बन्धी पेशागत हकहित, प्रेस स्वतन्त्रता, र सञ्चार क्षेत्रको समग्र सुदृढीकरणका विषयमा उठाइएका मागहरूलाई गम्भीरतापूर्वक लिने र तिनको सम्बोधनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभयो।
Error generating audio.