सल्यान । बागचौर नगरपालिका कार्यालयमा सूचना प्रविधि अधिकृतका रूपमा लामो समयदेखि कार्यरत रहनुभएका श्री तिर्थ राज डाँगी ज्यू रोजगारीकाे सिलसिलामा अस्ट्रेलिया जान लाग्नुभएको हुँदा नगरपालिका कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी उहाँलाई सम्मानपूर्वक बिदाई गरिएको छ।
उहाँको योगदान, समर्पण र मेहनतको कदर गर्दै नगरपालिका कार्यालयको तर्फबाट विशेष कार्यक्रम आयोजना गरी बिदाई गरिएको हाे ।
कार्यक्रममा नगर प्रमुख श्री जनकराज गाैतम, उप–प्रमुखज्यू श्री सुम्निमा डि.सी वली, संस्थापक नगर प्रमुख श्री लोकमान बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत श्री हरि बहादुर कठायत, नगर प्रवक्ता श्री दिपेश डि.सी, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरु, कर्मचारी र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका नगर प्रमुख श्री जनकराज गाैतम ज्यू, लगायतले उहाँको इमानदार सेवा र कार्यकुशलताको प्रशंसा गर्दै आगामी यात्राका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो।
Error generating audio.