सल्यान । सल्यानको श्रीनगरस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी साउन ३१ गते भव्य सांस्कृतिक मेला आयोजना हुने भएको छ।
मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको बुधबार बसेको बैठकले बसपार्क नजिकैको मन्दिर परिसरमा मेला गर्ने निर्णय गरेको हो। मेलामा भजन–कीर्तन, स्वरठी, लाखे नाच लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
बैठकले समितिका अध्यक्ष मान बहादुर वलीको अध्यक्षतामा न्युटन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय मेला व्यवस्थापन उप–समिति गठन गरेको छ। उप–समितिलाई मेलाको व्यवस्थापन, आर्थिक संकलन र कलाकारहरूको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ।
यस वर्षको मेलामा सल्यानकै राष्ट्रिय ख्यातिप्राप्त गायक नेत्र भण्डारी र गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
मेला भव्य र सफल बनाउनका लागि व्यवस्थापन समितिले सबैमा सहभागिताको आग्रह गरेको छ।
Error generating audio.