हामी परिक्षण प्रसारणमा छौ



९ चैत,२०७७ सल्यान । जिल्लाको बागचौर नगरपालिकामा भ्यू–टावरको शिलान्यास भएको छ ।

आइतबार बागचौर नगरपालिका का प्रमुख लोकमान बुढाथोकिले टावरको शिलान्यास गर्नुभएको हो । बागचौर नगरपालिका‐२ , अग्लाटाकुरा स्थित बन्ने भ्यू–टावरबाट नगरपालिकाका केही वडा बाहेक सबै वडा तथा रुकुम र जाजरकोटका भागहरु सजिलै दृश्यावोलकन गर्न सकिनेछ ।

नगरले यस योजनालाई निकै महत्वको योजनाको रुपमा लिईनुको साथै आन्तरिक पर्यटनको क्षेत्रमा टेवा पुग्ने जनाएको छ । योजना निर्माण कार्य जारी हुँदै गर्दा समेत हालैका दिनहरुमा स्थानीयहरु तथा छिमेकी पालिकाबाट विदाको दिन तथा अन्य समयमा दृश्यावोलकन गर्न,’रिफ्रेश’ हुन यहाँ आउनेहरुको संख्या बढिरहेको स्थानीय टिकाराम डाँगीले वताए ।

यस योजनाको लागत करिव ७५ लाख रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार, ,  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्