सल्यान । सल्यानको शारदा नगरपालिका–१२ रेशमजिउलामा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। तिमिलेबाट श्रीनगरतर्फ आउँदै गरेको लु १ ज २३६८ नम्बरको जिप बिहीबार बिहान करिब ११ बजे सडकबाट पाँच मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा शारदा–१३ का १८ वर्षीय सुमन बस्नेत, ३५ वर्षीया झुपि नेपाली, वडा–१२ की २१ वर्षीया सिता रावत र उनकी ७ वर्षीया छोरी डोल्मा, ३४ वर्षीया पार्वती बुढा, शारदा–१५ की २४ वर्षीया सावित्रा भण्डारी, त्रिवेणी–२ की २४ वर्षीया निर्मला गिरी, शारदा–१५ की ८ वर्षीया शिरिसा भण्डारी, २३ वर्षीया दिपा रावतलगायत घाइते भएका छन्।
यस्तै शारदा–१२ की २१ वर्षीया जानकी गिरी, शारदा–१३ की २७ वर्षीया गिराराज गुरु, उनकी ९ वर्षीया रियाराज गुरु र ५ वर्षीया रितुराज गुरु, शारदा–१ की २५ वर्षीया शोभा बुढाथोकी र उनकी छोरीहरू, २१ वर्षीया सम्झना थापा र उनकी १८ महिनाकी छोरी, तथा १६ वर्षीय जीवन नेपाली पनि घाइते परेका छन्।
गम्भीर घाइते झुपि नेपाली र पार्वती बुढालाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको श्रीनगरस्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
Error generating audio.