सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीको यातायात सहज बनाउन नगर बस सेवा सञ्चालनमा ल्याएको छ । नगर बस सेवाको शुभारम्भ असोज १० गते बिहान ७ बजे शारदा नपा–१ श्रीनगर, बसपार्कमा हुने जनाइएको छ ।

शुभारम्भ कार्यक्रममा नगरवासीलाई उपस्थित रहन नगरपालिकाले आग्रह गरेको छ। यो नगर बस श्रीनगर–खैराबाङ मार्गमा बस सेवा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

 

Error generating audio.

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार, ,  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्