सल्यान । सल्यानको शारदा नगरपालिकाले जिल्लामै पहिलोपटक नगरबस सेवा सुरु गरेको छ । नगरपालिकाले आज बिहान औपचारिक कार्यक्रमका बीच सेवाको उद्घाटन गर्दै श्रीनगर–खैरावाङ मन्दिर रुटमा ५० प्रतिशत छुटसहित बस सञ्चालन सुरु गरेको हो ।
नगर प्रमुख प्रकाश भण्डारीले नगरवासीलाई सहज यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले नगरबस सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले यस सेवाले नगरभित्रको आवतजावत मात्र नभई धार्मिक एवं पर्यटकीय स्थलको पहुँच सहज बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
यससँगै शारदा नगरपालिकाले सामाजिक तथा पूर्वाधार विकाससँगै यातायात सुविधा विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । नगरवासीहरूले नयाँ बस सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै यसले विद्यार्थी, ज्येष्ठ नागरिक र दैनिक आवतजावत गर्ने यात्रुहरूलाई राहत पुग्ने प्रतिक्रिया दिएका छन् ।
Error generating audio.