हामी परिक्षण प्रसारणमा छौ

वाइसिएलको केन्द्रीय कमिटीमा सल्यानबाट ३ जना

केन्द्रीय सचिवमा गणेश शाही ‘प्रतिक सिंह’



शुक्रबार,१३ चैत,२०७७ । माओबादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालको केन्द्रीय कमिटीमा सल्यानबाट ३ जना समाबेश गरिएको छ ।

यही चैत ४ र ५ गते राजधानीमा बसेको वाइसिएलको चौथो पूर्ण बैठकले २ सदस्य पछि थप्नेगरी १६१ सदस्य रहेको केन्द्रीय समिती ब्यूताएको जनाएको छ । जसमध्ये सल्यानबाट ३ जना पर्न सफल भएका हुन् ।

वाइसिएल नेपालका नवनियुक्त केन्द्रीय सदस्य सुरेन्द्र कंवरका अनुसार सल्यानबाट केन्द्रीय कमिटीमा गणेश शाही,शोभाराम भण्डारी र सुरेन्द्र कंवर रहनुभएको सल्यानन्युजलाई जनाउनुभयो । उहाँले वाइसिएल नेपाल अब आफ्नो संगठन निर्माणमा जुटीसकेको बताउनुभयो ।

केही वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको समयमा दुबैको युवा संगठनलाई भंग गरी युवा संघ नेपाल बनाए पनि सर्वोच्चो अदालतको हालैको फैसलालाई मान्दै दुबै पार्टी अलग अलग भएको अबस्थामा आफुहरुले वाइसिएल नेपाललाई ब्युताएको उहाँको भनाई रहेको छ ।

केन्द्रीय सदस्य कंवरका अनुसार सल्यान निवासी गणेश शाहीलाई वाइसिएलको तेस्रो पूर्ण बैठकले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी समेत दिएको छ ।

वाइसिएल नेपालले संगठनको रास्ट्रिय भेला आउँदो जेठ २८‐३० गते सम्म राजधानीमा सम्पन्न गर्ने निर्णय गरेको छ । यसका साथै प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ हजारका दरले देशभर १ लाख ६५ हजार वाइसिएलका नयाँ सदस्य थप गर्ने जनाएको छ । अहिलेको केन्द्रीय कमिटी पुरानै संगठन ब्यूताइएको पनि वाइसिएलले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार, ,  २ : ११ बजे

प्रतिक्रिया दिनुहोस्