हामी परिक्षण प्रसारणमा छौ



१ वैशाख, तुलसीपुर । दाङकाे तुलसीपुरमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनाएकाे छ ।

संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का पाँच जना, वडा नम्बर १३ का दुइ जना, वडा नम्बर २, १० र १२ का एक/एक जना रहेका छन् ।

यो संगै तुलसीपुरमा अहिले कोरोनाको सक्रिय संक्रमितको संख्या २२ पुगेको छ । तुलसीपुरमा हाल सम्म जम्मा संक्रमित संख्या ८६१ पुगेको छ भने कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये ४ जना कोरोना अस्पताल बेलझुण्डीको आईसोलेसनमा पठाएको छ भने २ जनालाइ भेरी अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार, ,  १२ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्