हामी परिक्षण प्रसारणमा छौ



३ बैशाख बागचौर । कोभिड–१९ र पोषण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार बागचौर नगरपालिकामा सम्पन्न भएको छ ।

बागचौर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको ‘कोभिड–१९ पश्चात् ५बर्षमुनीका बालबालिकाको पोषण स्थिति लेखाजोखा कसरी गर्ने ?’ अन्तरक्रिया कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले कोभिड–१९को अवस्था बारे फेरि बागचौरबासी सचेत हुनुपर्ने समय आएको बताए । उनले पछिल्लो समयमा देशका विभिन्न भागहरुमा कोरोना संक्रमणको दर बढी रहेको र त्यसलाई न्युनिकरण गर्ने जनशक्ति स्वास्थ्यकर्मी भएकाले स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मीको जनशक्ती तयारी अबस्थामा बस्न निर्देशन दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगरप्रमुख बुढाथोकीले कोरोना संक्रमणको समयमा नगर भित्रका ५ बर्ष मुनिका बालबालिकाहरुको पोषण अवस्था बुझ्न र उनिहरुको पोषण अवस्थामा सुधार ल्याउनको लागी तत्पर रहन स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा नगरका १२ वटै वडाहरुमा कोभिड –१९ र पाँच बर्ष मुनिका बालबालिकामा पोषणको अवस्था बारे छलफल गरिएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर कठायतको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा नगरभित्रका स्वास्थ्य संस्था प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । आजको कार्यक्रमको सहजीकरण सिनिएर अहेव अधिकृत एकराज केसीले गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार, ,  ६ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्