हामी परिक्षण प्रसारणमा छौ



७ बैशाख ,सल्यान । शारदा नगरपालिकाको खैराबाङ जंगलमा लागेको आगो घरमा सल्किदा वडा अध्यक्षको घर जलेर नस्ट भएको छ ।

जंगलमा लागेको आगोको झिल्का घरमा सल्किदा जिल्लाको शारदा नगरपालिका‐११,का वडा अध्यक्ष रामसिंह बुढाथोकीको घर जलेर नस्ट भएको हो । मंगलबार दिउँसो १ बजेतिर घरमा आगो सल्केको वडा अध्यक्ष तथा घरधनी रामसिंह बुढाथोकीले जनाए । उनका अनुसार घर नजिकै रहेको जंगलमा लागेको आगोको झिल्का एक्कासी घरमा आउँदा आफ्नो घरमा आगलागी भएको हो ।

उक्त आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्य सामाग्री लगाएतका अन्य सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् । आजै अध्यक्ष बुढाथोकीको घर नजिकै रहेको जित बहादुर बुढाथोकीको गोठ समेत जलेको छ । गोठमा लागेको आगोले गोठभित्रका सम्पुर्ण दार जलेर नस्ट भएको घरधनी जित बहादुर बुढाथोकीले सल्यानन्युजलाई जनाए ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा रहेको जंगलमा २ दिनदेखि निरन्तर आगलागी भैरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले अहिले खैराबाङ मन्दीर नजिकै लागेको आगो अहिले केही नियन्त्रणमा आएको जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार, ,  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्