हामी परिक्षण प्रसारणमा छौ



१८ बैशाख,तुलसीपुर । सधैजसो प्रायः भीडभाड र कोलाहल मच्चिरहने दाङ तुलसीपुर शुक्रबार बिहानैबाट सुनसान छ । सुरक्षाकर्मी र अत्यावश्यक सवारी साधन फाट्टफुट्ट मात्रै चलेका छन् ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभर निषेधाज्ञा लागू गरिएको जनाएको छ । जसले गर्दा आवतजावत ठप्प जस्तै भएको छ । सडकमा सुरक्षाकर्मी र अत्यावश्यक काममा जानेहरू मात्रै देखिन्छन् ।

दाङ जिल्लाभर बैशाख १७ देखि २५ सम्म निषेधाज्ञा जारी रहनेछ । राजधानी लगायत देशभरका धेरैजसो जिल्लामा निषेधाज्ञा लगाइएको गृहमन्त्रालयले जनाएको छ ।

तस्वीरहरू – टोपबहादुर घर्ती र नरेन्द्र कुमार डि.सी

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार, ,  १० : ५२ बजे

प्रतिक्रिया दिनुहोस्