हामी परिक्षण प्रसारणमा छौ



१८ बैशाख,सल्यान । सल्यानमा कोरोना भाइरस संक्रमित रोल्पाकी एक महिला र बागचौर नगरपालिकाका एक जना पुरुषको मृत्यु भएको छ ।

गंगादेव गाउँपालिका‐३, रोल्पा निवासी ४८ वर्षिया एक महिलाको शनिवार विहान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी शनिबारै जिल्लाको बागचौर नगरपालकिा वडा नम्बर‐२ का एक २६ वर्षका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार मृतक दुबैलाई शनिवार मात्रै जिल्ला अस्पताल सल्यान ल्याइएको थियो । बागचौरमा रहेको एक निजि पोलिक्लीनिकमा ३ दिनअघिदेखी उपचार गरेपनि निको हुन नसकेपछि निजि पोलिक्लीकले आज बिहान मात्रै सल्यान अस्पताल रेफर गरेको थियो ।

अक्सिजन दिइरहेको भएपनि उनीहरुको शरिरमा अक्सिजनको मात्रा कम भएकोले उनको ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

शनिबार साँझसम्म भरियन्ट सहितको कोरोना संक्रिमित ४ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जनाएका छन् ।

सल्यानमा नेपाली सेनाका क्याप्टेन दीपक बुढाथोकीको नेतृत्वको टोलिले कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्तिम दाहसंस्कार गर्ने गरीरहेको  छ ।

तस्वीर – प्रतिक इच्छुक शर्मा

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार, ,  १ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्