हामी परिक्षण प्रसारणमा छौ



१८ बैशाख,सल्यान । सल्यान दार्मा गाउँपालिकामा कुटपिटबाट घाइते एक जनाको शुक्रबार राती उपचारको क्रममा मुत्यु भएको छ ।

जिल्लाको दार्मा गाउँपालिका–३,धुलखर्कका ६२ वर्षीय नर बहादुर रोकाहको शुक्रबार राति नेपालगञ्जमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बैशाख १३ गते आफ्नो घरमा आएका धन बहादुर खत्रीका सम्धी नाता पर्ने नर बहादुर रोकाहलाई कुटपिट धुलखर्क निवासी धन बहादुर खत्री र उनका छोरा रमेश खत्रीले कुटपिट गरी सख्त घाइते बनाएका थिए ।

कुटपिट गरी हत्या आरोप लागेका बाबुछोरालाई इलाका प्रहरी कार्यालय थारमारेले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ । कुटपिटको कारण अझै खुल्न नसके पनि धन बहादुरको दुई वटा श्रीमती रहेको र कान्छी श्रीमतीको घर गएका रोकाहलाई बाबुछोरा मिलेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार, ,  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्