हामी परिक्षण प्रसारणमा छौ



१८ बैशाख,दाङ । दाङ तुलसीपुरमा शनिबार राति भारतीय गाडीभित्र तीनवटा शव फेला परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको गाडीभित्र तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।

गाडीमा शव रहेको भन्ने खबर आउनासाथ आफु घटनास्थल तुलसीपुर हिडिसकेको र घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली खटिएको दाङका एसपी गणेश चन्दले बताए ।

प्रहरीका अनुसार स्याउली बजारमा माघ महिनादेखि पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीनवटा शव फेला परेका हुन् । अहिले घटनारबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार भेटिएका शव सडेगलेको अबस्थामा भेटिएका छन् । अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुर ल्याउने तयारी भइरहेको छ । ३ वटा शवको अहिलेसम्म कसैको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाई रहेको छ । – सांकेतिक तस्बिर

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार, ,  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्