हामी परिक्षण प्रसारणमा छौ



१९ बैशाख,बाँके । बाँकेको भेरी अस्पतालमा आइतबार सल्यान बागचौर नगरपालिका‐१२,बाँफुखोलाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले सल्यानन्युजलाई बताए । पारिवारिक श्रोतका अनुसार उनलाई एक हप्ता अघि स्वास प्रस्वासमा समस्या देखापरेकोले उपचारको लागि बाँफुखोलाबाट भेरी अस्पताल लगेर आइसियुमा राखेर उपचार भइरहेको थियो । तर आइतबार बिहान एक्कासी स्वासप्रस्वासमा समस्या देखापरेर उनको मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन  तेज ओलीका अनुसार सल्यानको बागचौर नगरपालिका–१२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो । शनिबार मात्रै सल्यान अस्पतालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार, ,  ५ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्