हामी परिक्षण प्रसारणमा छौ



२३ बैशाख,सल्यान । सल्यान प्रवेशको प्रमुख नाका कपुरकोटमा बुधबारदेखि कपुरकोट गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको हो ।

हेल्थ डेस्कमा हाल नाका भएर आउनेहरुको दैनिक रेकर्ड राख्ने र स्वास्थ्य जाँच गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हेल्थ डेस्कमा स्वास्थ्य सतर्कता अपनाउने विधिका बारेमा पनि सेचतीकरण गरिने गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्र कुमार सेनले सल्यानन्युजलाई जानकारी दिए ।

हेल्थ डेस्क स्थापना कार्यक्रममा कपुरकोट‐३,का वडा अध्यक्ष मिन बहादुर सेन, ४ का वडा अध्यक्ष हरिलाल पुन, गाउँपालिकाका कारोना फोकल पर्सन देवेन्द्र कुमार सेन, स्वास्थ्य शाखाका सिअहेव सुवाश हमाल, प्रहरी चौकी कपुरकोटका इन्चार्ज यम बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको थियो । यस्तै कपुरकोट गाउँपालिकामा हालसम्म ३२ जना सक्रिय संक्रमित रहेका छन् । ११ महिला र २१ पुरुष संक्रमित रहेको गाउँपालिकाले जनाएको छ ।

संक्रमित मध्ये ५ जना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमचौरमा रहेको २५ वेडको आइसोलेशनमा बसी रहेको र २७ जना होम आइसोलेशनमा बसी रहेका छन् । कोरोना फोकल पर्सल देवेन्द्र कुमार सेनका अनुसार हेल्थ डेक्क स्थापना गर्नुको मुख्य कारण कपुुरकोट नाका भएर आउने नागरिकहरुको तापक्रम जाँच गर्नुका साथै कोरोना भाइरससँग मिल्ने लक्षण, चिन्हहरुको पहिचान गर्ने हुनेछ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार, ,  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्