हामी परिक्षण प्रसारणमा छौ



२३ वैशाख, काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहिबार काठमाडौंमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि अस्पतालमा भर्ना भएका ८४ वर्षीय प्रेमध्वज प्रधानको उपचारका क्रममा सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा बिहिबार निधन भएको हो ।

१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जम्मिएका प्रेमध्वजले थुप्रै नेपाली गीतमा स्वर तथा संगीत दिइसकेका छन् । प्रधानको बिहिबार दिउँसो १ : ४५ बजे उनको निधन भएको  जानकारी दिदै प्रकाश सायमीले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै  लेखेका छन्, “आज दिउँसो १ : ४५ बजेको समय नेपाली सुमग–संगीतको स्वर्णीम युगका कष्टकारी समय भयो , डा. प्रवीण श्रेष्ठका अनुसार उहाँलाई ठीक त्यही समय ’हर्ट–अट्याक’ भयो । हाम्रो हृदयका ढुकढुकी , नेपाली सुगम संगीतको एउटा महान युगको अन्त्य भयो ।
उहाँको जेठान वरिष्ठ छायाकार मञ्जुकुमार श्रेष्ठले यति भन्नु भयो , “अब के गर्ने ? हामीलाई झुक्यायो कालले । हामी हार्यौँ ।”

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार, ,  ४ : १५ बजे

प्रतिक्रिया दिनुहोस्