हामी परिक्षण प्रसारणमा छौ



२३ बैशाख,सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको लागि सल्यानमा भएका कामहरूको अनुगमन गर्न बिहिबार सल्यान आइपुगेका छन् ।

कोभिड –१९ को कारण कर्णालीका अन्य जिल्ला भन्दा बढि प्रभाबित बनेको सल्यानमा आएर मुख्यमन्त्री शाहीले जिल्लामा देखिएका आपतकालिन स्वास्थ्य समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आफु लागिपरेको जनाएका छन् । बिहिबार जिल्ला अस्पताल सल्यानमा कोभिड बिरामीहरूको अबस्था, अस्पताल तथा स्वास्थ्यकर्मीहरूको समस्याको जानकारी लिदै कर्णाली प्रदेश सरकारको तर्फबाट गर्न सकिने काम यथासक्य चाँडो  हुने जनाएका छन् ।

कोरोनाबाट पछिल्लो समय प्रभावित बनेको सल्यानमा आएर मुख्यमन्त्री शाहीले जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार, ,  ४ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्