हामी परिक्षण प्रसारणमा छौ

कोरोनाबाट सल्यानमा थप ३ संक्रमितको मृत्यु

शुक्रबार साँझसम्म कोभिड‐१९ बाट मृत्यु हुनेको संख्या २१ पुगेको छ



वैशाख ३१,सल्यान । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणबाट सल्यानमा शुक्रबार थप ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना छत्रेश्वरी गाँउपालिकाका रहेका छन् भने एक जना बागचौर नगरपालिकाका रहेका स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका‐६, की ७६ वर्षीया महिलाको होम आइसोलेशनमा, छत्रेश्वरी गाउँपालिका‐७, का ५० वर्षीय पुरुषको जिल्ला अस्पताल सल्यानमा भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । कार्यालयका सूचना अधिकारी थलराज डिसीका अनुसार बागचौर नगरपालिका ‐४, की ६३ वर्षीया महिलाको पनि कोरोनाकै कारण गएराती होम आइसोलेसनमा मृत्यु भएको हो ।

३ जनाको मृत्यु भएसँगै सल्यानमा शुक्रबार साँझसम्म कोभिड‐१९ बाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । स्वास्थ्य कार्याल सल्यानका अनुसार हाल जिल्लामा ५ सय २७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सल्यान जिल्ला अस्पतालमा २५, संस्थागत आइसोलेसनमा ९ जना र होमआइसोलेशनमा ४ सय ९३ जना रहेका छन् । शुक्रबार १७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने २१ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार, ,  ६ : १३ बजे

प्रतिक्रिया दिनुहोस्