हामी परिक्षण प्रसारणमा छौ



मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले विश्वभरका संञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले जानकारी दिएपनि उनको शल्यक्रिया गर्दा ९ सन्तान जन्मीएपछि स्वंयम डक्टरहरु समेत अचम्ममा परेको जानकारी दिएका छन् ।

गत मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले समेत विशेष ध्यान दिदै सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए, जहाँ उनले पाँच छोरी र चार छोरा जन्माएकी छिन् । सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट मात्र गरेन सारा विश्वको ध्यान केन्द्रित गरेको छ ।

मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले संञ्चार माध्यमलाई जनाए अनुसार ‘आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,’ । उनीहरु दिनपछि आफ्नो घर फर्कने मालिका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार, ,  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्