हामी परिक्षण प्रसारणमा छौ



७ जेठ,सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले लिखित माफी माग्दै आगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन् ।

समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा एक बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका छन् । स्वास्थ्य शाखाले लिखित रुपमा माफी मागेपछि आफन्तले शव बुझ्ने सहमति भएको छ । शुक्रबार बिहान ४ बजे बनगाड कुपिण्डे नगरपालिका‐७, घर भई हाल बनगाड‐१, सल्लीबजारमा बस्दै आएका ४९ वर्षीय भोल बहादुर बुढाको मृत्यु भएको थियो ।

मृतकका आफन्तका अनुसार नगर स्वास्थ्यकर्मीलाई पटक पटक फोन गर्दा पनि फोन नउठाएको र घरमै आएर बोलाउँदा पनि जिम्मेवार नबनेको भन्दै आफन्तले स्वास्थ्यकर्मीलाई कारवाहीको माग गर्दै आन्दोलनका साथै घर घेराउ गरेका थिए ।

स्वास्थ्यकर्मीले माफी र आउँदा दिनमा यस प्रकारको गल्ती नगर्ने सहमति पछि आन्दोलन फिर्ता लिदै मृत्तकका आफन्तले शव बुझेको जनाएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार, ,  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्