सल्यान । सल्यानको बागचौर नगरपालिका–४ पेदिखोला नजिकै रहेको मुलखोलामा राप्ती राजमार्ग खण्डमा आज मंगलबार एक फोर्स गाडी सडकबाट करिब ७ मिटर तल खस्दा तीन जना घाइते भएका छन्।
नेपालगन्जबाट अरबारे फारुलातर्फ जाँदै गरेको लु.प्र.०१–००१ख–०२४१ नम्बरको फोर्स गाडी मंगलबार बिहान ६ बजे दुर्घटनामा परेको हो।बाँके जिल्ला कोहलपुर उपमहानगरपालिका–१२ चप्परगौरीका २७ वर्षीय कमल बोहराले चलाएका थिए।
दुर्घटनामा सल्यान दार्मा गाउँपालिका–५ का ३३ वर्षीय बुद्धिमान केसी, दार्मा–२ की ६१ वर्षीया रत्न कुमारी वली र ५० वर्षीया टेक कुमारी वली घाइते भएका छन्। घाइतेहरुको टाउको, गाला र खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइते तीनै जनाको बागचौरस्थित सहज पोलिक्लिनिकमा सामान्य उपचार गरी डिस्चार्ज गरिएको सल्यान प्रहरीले जनाएको छ।
Error generating audio.
