हामी परिक्षण प्रसारणमा छौ



१४ जेठ,दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को कार्यालय नजिकै भेटिएका एक अपरिचित युवालाई आश्रममा पठाइएको छ ।

शुक्रबार बिहान वडा अध्यक्ष माधव ओलीको पहलमा ति युवालाई कोरोना जाँच गरेर मानव सेवा आश्रम तुलसीपुरमा पठाईएको छ । हिजो दिउँसोदेखी पानी परिरहेको समयमा ति युवा वडा कार्यालय वरपर बसेको स्थानीय भक्त बहादुर थापाले जानकारी दिए । आफ्नो वडा कार्यालयमा व्यवारिसे अवस्थामा युवा फेला परेको खबर पाएलगत्तै आफु अपरिचित युवा भेट्न वडा कार्यालय गएको वडा अध्यक्ष माधव ओलीले बताए ।

वडा अध्यक्ष ओलीका अनुसार वडा कार्यालयको फुलबारीमा शरिरमा कपडा नलगाई बसेको अबस्थामा भेटिएका बालक मानसिक बिरामी भएको आफुले पाएको बताएका छन् । ति युवाले कान सुनेपनि बोल्न नसकेको कारण उनको नाम ठेगाना पत्ता लगाउन ग्राहो भएको ओलीको भनाई छ ।

अहिले अन्दाजी १६ वर्षका ति अपरिचित युवालाई मानब सेवा आश्रममा राखिएको र उनको एन्टिजेन बिधिबाट कोरोना चेकजाँच गर्दा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । ति युवा को हुन् ? कहाँबाट आएका हुन ? हालसम्म पत्ता लागेको छैन । उनको बारेमा थप जानकारी थाहा नपाउन्जेल ति युवालाई आश्रममै राखेर उपचार गरिने र उनको परिचय खुलेपछि उनलाई घर पठाउने १८ नं. वडा कार्यालयका वडा अध्यक्ष माधव ओलीले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार, ,  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्