सल्यान । आगामी निर्वाचनलाई लक्षित गर्दै सल्यानमा मतदाता नामावली दर्ता र अद्यावधिक कार्य सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार यही कार्तिक १२ गतेदेखि ३० गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नाम दर्ता र अद्यावधिकको प्रक्रिया सञ्चालनमा रहनेछ।

जिल्ला निर्वाचन अधिकृत धीरेन्द्र भण्डारीका अनुसार १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकले आफ्नो नाम पहिलोपटक दर्ता गर्न वा विवरणमा त्रुटि परेमा अद्यावधिक गर्न सक्नेछन्।

मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नागरिकता प्रमाणपत्रसहित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ। इच्छुकले अनलाइनमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

पहिले नै नाम दर्ता भइसकेका मतदाताले नाम, जन्म मिति, ठेगाना वा पारिवारिक विवरण (बाबु, आमा, पति, पत्नी, छोरा, छोरी) परिवर्तन भएमा आवश्यक प्रमाणपत्रका साथ अद्यावधिकका लागि निवेदन दिन सक्नेछन्।

अधिक जानकारीका लागि निर्वाचन आयोगको वेबसाइट www.election.gov.np वा जिल्ला निर्वाचन कार्यालय सल्यानको वेबसाइट www.election.gov.np/np/district/salyan हेर्न सकिनेछ। साथै, कार्यालयले आवश्यक परेमा ०८६–४२०१९०, ९८५७८३२००६ र सूचना अधिकारी ९८५७८३२१२१ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

Error generating audio.

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार, ,  ५ : २० बजे

प्रतिक्रिया दिनुहोस्