हामी परिक्षण प्रसारणमा छौ



२८जेठ,सुर्खेत । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

एमालेको माधव नेपाल समूहका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सर्वोच्चो अदालतको अन्तरिम आदेशसँगै सांसदमा पुनर्वहाली भएका हुन् । पुनर्वहाली चार सांसदले कारवाही बदर गर्न भन्दै केहिदिन अघि सर्वोच्चमा रिट हालेका थिए ।

माधव नेपाल समूहका ४ सांसदले दलको निर्णय उल्लंघन गरी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएको भन्दै केपी शर्मा ओली निकट सांसद सम्मीलित कर्णाली प्रदेशसभा दलको बैठकले पार्टी र सांसदबाट हटाएको घोषणा गरेको थियो । चार सांसद पुनर्वहाली भएसँगै महेन्द्र बहादुर शाही नेतृत्वको सरकार तिन दलको संयुक्त सरकार बनेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार, ,  १२ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्