हामी परिक्षण प्रसारणमा छौ



बागचौर । सल्यानको बागचौर नगरपालिकाले किसानलाई कागती र टिमुरका बिरुवा अनुदानमा बितरण गरेको छ ।

शुक्रवार किसानलाई बिरुवा वितरण गर्दै बागचौर नगरपालिका वडा नम्बर ५ का कावा वडाध्यक्ष विक्रम रावतले आफ्नो वडाका झण्डै ५ सय घरधुरी किसानलाई विरुवा वितरण गरेको जानकारी दिए । उनले भने,‘हाम्रो यस क्षेत्रको भुभागमा टिमुर र कागती खेतिको लागि उचित भएको हुदा यसपटक टिमुर र कागतिलाई प्राथमिकता दिइएको हो ।’

कार्यक्रममा बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी,सामाजिक बिकास शाखा प्रमुख डिल्ली घर्ती, ने.क.पा.माओवादीका कर्णाली प्रदेश कमिटी सदस्य कृति बहादुर पुन, वडा सदस्यहरू नेत्र बहादुर दमाई, लक्ष्मी सुनार लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार, ,  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्