काठमाडौँ (सल्यानन्युज)— आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनको सूचिमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का समाबेश भएका छन् ।
आईसीसीले यसपटक निकालेको एसोसिएट राष्ट्रतर्फको ६ जनाको अन्तिम मनोनयनको सूचिमा नेपालका पारस खड्का अटाएका हुन् ।
आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्ने जनाएको छ । यसपटक नेपालका पारस खड्कासँगै स्कटल्यान्डका काइल कोटजर,केलम म्याकलेओड र रिची बेरिङटन अन्तिम ६ मनोनयनमा परेका छन् । त्यसैगरी अन्तिम मनोनयनमा पपुवा न्यू गिनीका अशाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन समेत अन्तिम ६ जनाको मनोनयनमा पर्न सफल भएका छन् ।
दशककै उत्कृष्ट किक्रेट खेलाडी भने भोटिङ मार्फत छनौट हुने आईसीसीले जनाएको छ ।