हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सल्यानले पछिल्लो समय पार्टीका गतिविधि तिब्र बनाएको छ । यसै क्रममा सोमबार जिल्लाको छत्रेश्वरीमा पार्टीले दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम तथा पालिका स्तरको पार्टी कार्यालय उद्घाटन गरेको छ ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा सल्यान जिल्ला समन्वय समिती संयोजक कृती वहादुर पुन(प्रकाण्ड)ले परिवर्तनका हरेक मोर्चामा माओवादी केन्द्रको केन्द्र सधै केन्द्रविन्दुमा रहेको बताउनुभयो । यस्तै जिल्ला सचिव निम वहादुर केसी (अरुण)ले सल्यानमा अन्य पार्टी भन्दा माओवादी केन्द्र बलियो भएको हुदा पार्टीका गतिविधि तिब्र पार्न आग्रह गर्दै पार्टी सदस्य चलायमान बनाउन निर्देशन दिनुभयो । उद्घाटन कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष टिका बुढाथोकी,प्रदेश सल्लाहाकार डिल्ली वलीको लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा प्रदेश प्रतिनिधी तथा सल्यान निर्वाचन क्षेत्र नम्बर (ख) का ईन्चार्ज चित्र वहादुर केसी, सचिव सन्तोस कुमार राई,नेकपा एकिकृत समाजवादी सल्यानका सदस्य, पार्टीका छत्रेस्वरी पार्टी कमिटी अध्यक्ष गोविन्द केसी ,वडा नम्बर ५ अध्यक्ष लिलाधर घर्ती, जिल्ला सदस्य गणेश भारतीले दशै तिहारको शुभकामना कार्यक्रमलेले सबैलाई एकताबद्ध बनाउने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) छत्रेश्वरी गाउँ समितिका अध्यक्ष प्रेम वहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण गाउँसमिति सचिव हिमाल योगी (यात्री) ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार, ,  ११ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्