हामी परिक्षण प्रसारणमा छौ



४ कार्तिक,सल्यान । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) सल्यानको जिल्ला कार्यसमिति पार्टीले टुंगो लगाएसँगै फेरी लफडा सुरु भएको छ ।
भदौ १९ मा क्रान्तिकारीको १८ औं जिल्ला सम्मेलनले १० सदस्य पछि थप्ने गरी ५१ सदस्यीय जिल्ला कमिटी मध्ये ४१ जनालाई जिल्ला कमिटीको सफथ खुवाएपनि पदाधिकारी चयन गर्न सकेको थिएन । आन्तरिक विबादका विच भदौ २८ गते बसेको क्रान्तिकारीको पहिलो बैठकले अध्यक्षमा मोहनलाल खड्का,उपाध्यक्षमा खड्क खड्का,गणेशमान विक र रामप्रसाद शर्मा चयन गरेको थियो । सोही बैठकले सचिवमा निमप्रकाश केसी,सहसचिवमा पिमा गिरी,खड्क थापा,आनन्द बोहरा र कोषाध्यक्षमा विनोद डिसीलाई बनाउने निर्णय गरेको थियो ।

अखिल क्रान्तिकारीको उक्त निर्णयलाई मातृ पार्टी माओवादी केन्द्रले अनुमोदन गर्ने भन्दै संगठनले जिल्ला कमिटीको दोस्रो बैठक असोज ११ गते बोलाएको थियो । जिल्ला अध्यक्षमा मोहनलाल खड्कालाई बनाउने क्रान्तिकारीको पहिलो बैठकको निर्णयलाई पार्टीको तर्फबाट जिल्ला पार्टीका संयोजक कृतिबहादुर पुन (प्रकाण्ड),जिल्ला सचिव निमबहादुर केसी (अरुण),प्रदेश कमिटी सदस्य टिकाराम ओली (दर्शन) लगायतका नेताहरुको उपस्थितीमा असोज ११ गते बसेको अखिल (क्रान्तिकारी) सल्यानको जिल्ला कमिटीको दोस्रो बैठकमा पार्टीको तर्फबाट त्यसलाई अनुमोदन गरिएको थियो ।

दोस्रो बैठकमा पार्टीको तर्फबाट अखिल (क्रान्तिकारी)को निर्णयलाई अनुमोदन गर्दै नेताहरुले अब कसैले दायाँबायाँ नगरी संगठनका गतिविधि अगाडी बढाउन आग्रह गरेकोले आफुहरुले केही दिनभित्रै संगठनका गतिविधि तिव्र पार्ने संगठनका जिल्ला अध्यक्ष मोहनलाल खड्काले सल्यानन्यूजलाई जानकारी दिनुभयो । तर,माओवादी केन्द्रका जिल्ला इन्चार्ज कर्णबहादुर बुढाथोकी (छहारी) सँग यस विषयमा कुरा गर्दा उहाँले अहिले यस विषयमा आफु केही नबोल्ने भन्दै पार्टीको निर्णयबारे अनविज्ञता प्रकट गर्नुभएको छ ।

उता,अखिल (क्रान्तिकारी) को आधिकारीक जिल्ला अध्यक्ष मोहनलाल खड्का की ठगेन्द्र पुन ? भनेर सल्यानन्युजले आधिकारीकताको कुरा उठाउँदा नेकपा (माओवादी केन्द्र) सल्यानका संयोजक कृतिबहादुर पुन (प्रकाण्ड) ले आफ्नो पार्टीले मोहनलाल खड्कालाई आधिकारीकता दिएको जानकारी दिनुभयो ।

खड्कालाई अध्यक्ष मान्न सकिदैन : ठगेन्द्र पुन

तर,अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्षका अर्का दाबेदार ठकेन्द्र पुनले मोहनलाल खड्का सिमित व्यक्तिको अध्यक्ष मात्रै भएको भन्दै आधिकारीक अध्यक्ष आफु भएको दाबी गर्नुभएको छ । उहाँले सल्यानन्युजसँग कुरा गर्दै नेतृत्व चयन हुँदा विधि विधान मान्नुपर्ने भएकोले जनप्रतिनिधि जिल्ला अध्यक्ष भएको आफुहरुले नमान्ने बताउनुभयो ।
पुनले अझैपनि नेतृत्वको विबाद मुख्य दुई व्यक्तिमा आएर कुरा नमिलेकोले आफुले संगठन जोगाउन बरु तेस्रो व्यक्तिलाई नेतृत्वमा आए मानेर त्याग गर्न सक्ने तर नितिबिधिलाई मिच्ने मोहनलाल खड्कालाई अध्यक्ष मान्न तयार हुन नसक्ने बताउनुभयो ।

यसैबिच जनप्रतिनिधि जिल्ला कमिटिको अध्यक्ष हुन नपाउने निति नियम प्रष्ट कहि कतै नभएको र आफु ५१ सदस्यीय कमिटीकै सदस्यको रुपमा जिल्ला सम्मेलनको समयमै सपथ खाइसकेको हुँदा आफु संगठनको निर्णयअनुसार अध्यक्ष भएको मोहनलाल खड्काले सल्यानन्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो संगठन चेनअफ कमाण्डमा चल्ले भएकोले कोही कसैले अध्यक्ष दाबी गर्दैमा अध्यक्ष हुन सकिदैन । यदी कोही कसैका असन्तुष्टि छन् भने संगठन र पार्टीमा जानकारी गराउन आग्रह गर्छु । तर, संगठनको नितिभन्दा बाहिर गएर कोही कसैले गलत गतिविधि गरेमा त्यस्ता व्यक्तिलाई हाम्रो संगठनले कारबाही गर्छ ।’

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार, ,  २ : २९ बजे

प्रतिक्रिया दिनुहोस्