हामी परिक्षण प्रसारणमा छौ



दाङ, बंगलाचुली । सडक मर्मत गर्ने क्रममा दाङमा जेसीवी पल्टिदा अपरेटरको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नंं. ५ मा सडक मर्मतको क्रममा आज विहान साढे ४ बजेतिर पल्टिदा अपरेटर घोराही–१० नारायणपुर निवासी २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।
पर्यटकियस्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो ।

पालिका अध्यक्ष वलीका अनुसार घुम्तीमा सडक मर्मतको क्रममा माटोमा जेसिबि भासिएर दुर्घटना हुन गएको आफुले प्रारम्भीक जानकारी पाएको बतानुभयो । सोही दुर्घटनामा परी सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षिय राजकुमार चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार, ,  ११ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्