हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । शनिवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’  भन्दै सडकमा निस्कनुभएको छ । मुख्यमन्त्री शाहीले कोरोना महामारी देशभर तिब्र रुपमा फैलिरहेकाले सबैले मास्क लगाउने समय आएको भन्दै मास्क अनिवार्य लगाउन आग्रह गर्नुभएको छ ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरका केही ठाउँमा मुख्यमन्त्री शाही आफै खटेर ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्किएर सबैलाई मास्क लगाउन र कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्नुभएको थियो । यो साता कर्णालीमा कोरोना संक्रमण बढ्दै गएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीले जानकारी दिनुभयो । सूचना अधिकारी केसीका अनुसार कर्णालीमा परीक्षण गरिएकामध्ये ५७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीका कून जिल्लामा कोरोना संक्रमित कति ?

यसैगरी कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सल्यानमा १००,सुर्खेतमा ३६०, कालीकोटमा १२९, दैलेखमा १२, जाजरकोटमा १, रुकुमपश्चिममा ३७, जुम्लामा ६ र हुम्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार, ,  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्