हामी परिक्षण प्रसारणमा छौ



दाङ । केहि दिनअघि निर्वाचित तुलसीपुर नगर जेसीजको नयाँ नेतृत्वको पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीज बर्ष २०२१ का अध्यक्ष नेत्रलाल भट्टराई ‘नारायण’को अध्यक्षता तथा जेसीज बर्ष २०२२ का केन्द्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा १० औ पद हस्तान्तरण कार्यक्रम गरि आज नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा जेसीज वर्ष २२ का केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लालमणी भण्डारीले जेसिज युवा नेतृत्व उत्पादन गर्ने थलो रहेको बताउनुभयो । प्रमुख अतिथि भण्डारीले भन्नुभयो,‘जेसीज भनेको लगनशिल युवा नेतृत्व उत्पादन गर्ने ठाउँ हो,जेसीजमा आबद्ध धेरै युवाहरु राजनीतिक तथा सामाजिक रुपमा नेतृत्व गर्न तयार भइसकेका तपाईहामी देख्नसक्छौं ।’

उक्त पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्वध्यक्ष विमल रिजालले जेसीजबाट हाम्रो समाजले मिलेर सफलता र नेतृत्व विकासको क्षमता विकास गर्न सकिन्छ भन्ने असल पाठ सिकेको बताउनुभयो ।

केही दिनअघि भएको जेसीज तुलसीपुरको निर्वाचनबाट निर्वाचित अध्यक्ष केशवराज केसी, कार्यकारिणी उपाध्यक्ष चेतन कँडेल, सन्दिप भुसाल, उपाध्यक्ष सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र ओली, कान्तुराम खनाल र सहसचिव सुरज भण्डारी सहितको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।

यस्तै आजको कार्यक्रममा जेसीज तुलसीपुरको सल्लाहकारमा अध्यक्षका प्रत्यासी मानबहादुर बस्नेत, महासचिबमा पूर्ण विक्रम डाँगी, प्रबक्तामा छबिकुमार वलील सहित मनोनित गरिएको जानकारी दिदै जेसीज तुलसीपुरलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार, ,  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्