हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जनपत्रकार संगठन नेपाल सल्यान शाखाले नेपाल पत्रकार महासंघ सल्यानलाई विभिन्न मागहरु राख्दै सात बुँदे ज्ञापनपत्र बुझाएको छ । शोमबार जनपत्रकार संगठन सल्यान शाखाले नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेललाई सात बुँदे ज्ञापनपत्र बुझाएको उक्त संगठनका कर्णाली प्रदेश सचिव खकेन्द्र केसीले सल्यानन्यूजलाई जानकारी दिनुभयो ।

उक्त संगठनले महासंघ सल्यान शाखालाई बुझाएको सात बुँदे ज्ञापनपत्रमा पत्रकारहरुको क्षमता बृद्धि विकास गर्न तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न माग राखेको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयहरुबाट प्राप्त हुने विज्ञापनहरु समानुपातिक प्राणालीबाट सबै मिडियाहरुले पाउने वातावरणको लागि पहल गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा पत्रकारिता पेशा छोडेर पुर्ण रुपमा राजनीति वा अन्य पेशामा लागेकाहरुलाई सम्मान स्वरुप बिदाई गर्दै मानार्थ सदस्य दिन समेत माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले जनपत्रकार संगठनले राखेका धेरैजसो मागहरु समय सान्दर्भिक भएकोले आफुले कार्यन्वयनको लागि पहल लिने जानकारी दिनुभयो ।

उक्त ज्ञापनपत्र जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष योगराज विक, सचिव खेकन्द्र केसी र सल्यान जिल्ला अध्यक्ष बीरेन्द्र डिसीले संयुक्त रुपमा बुझाउनुभएको थियो ।

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार, ,  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्