हामी परिक्षण प्रसारणमा छौ



सल्यान । चालु आर्थिक वर्षमा सल्यानबाट सिफारिस भएका १ सय ८६ विद्यालय मध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सल्यानका ५८ विद्यालय छनौट भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका इकाई प्रमुख लाल बहादुर घर्तीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका विद्यालय मध्ये २ कोठे भवन १५ वटा, ४ कोठे भवन १५ वटा र आइसिटी ल्याब व्यवस्थापनमा २८ गरी कूल ५८ विद्यालय छनोट हुन सफल भएका छन् ।

जिल्लाका दश स्थानिय तह मध्ये बागचौर नगरपालिकामा ४ वटा विद्यालयमा दुई कोठे भवन, २ विद्यालयमा चार कोठे भवन र ३ विद्यालयमा आइसिटी भवन छनौट भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लाल बहादुर घर्तीले जानकारी दिनुभयो । घर्तीका अनुसार शारदा नगरपालिकामा ५ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे भवन र २ विद्यालयमा चार कोठे भवन छनौटमा परेको छ । बनगाड कुपिण्डे नगरपालिकामा ३ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे भवन र २ विद्यालयमा चार कोठे भवन, कपुरको गाउँपालिकामा ३ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे र एक विद्यालयमा चार कोठे भवन छनोट भएको छ ।

यस्तै कालिमाटी गाउँपालिकामा ३ विद्यालयमा आइसिटी, ३ विद्यालयमा ४ कोठे भवन र एक विद्यालयमा दुई कोठे भवन, कुमाख गाउँपालिकामा ३ विद्यालयमा आइसिटी, १ विद्यालयमा चार कोठे भवन र १ विद्यालयमा दुई कोठे भवन, छत्रेश्वरी गाउँपालिकामा २ विद्यालयमा आइसिटी, २ विद्यालयमा दुई कोठे भवन र एक विद्यालयमा चार कोठे भवन छनौट भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानले जनाएको छ ।

यस्तै दार्मा गाउँपालिकामा २ विद्यालयमा आइसिटी, २ विद्यालयमा चार कोठे भवन र एक विद्यालयमा दुई कोठे भवन, सिद्ध कुमाख गाउँपालिकामा २ विद्यालयमा आइसिटी, १ विद्यालयमा दुई कोठे भवन र १ विद्यालयमा दुई कोठे भवन र त्रिवेणी गाउँपालिकामा २ विद्यालयमा आइसिटी र २ विद्यालयमा दुई कोठे भवन छनौट भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका अनुसार चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवनका निर्माणका लागि १८ लाख र आइसिटी ल्याबका लागि ६ लाख ५० हजार रकम छुट्टाइएको छ । यि हुन्,छनौट भएका सल्यानका ५८ विद्यालय :

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार, ,  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्