हामी परिक्षण प्रसारणमा छौ



१६ फाल्गुन २०७८ सल्यान । नेपाल बन्दको सल्यानमा पूर्ण रुपमा प्रभाव परेको छ । संसदबाट पारीत एमसीसीविरुद्ध नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपा सहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको बन्दका कारण आज त्यसको सल्यानमा पूर्ण रुपमा प्रभाव परेको छ ।

बन्दका कारण जिल्लाका प्रमुख बजारहरु, उद्योग, कलकारखाना, व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सम्पूर्ण सवारी साधनहरु ठप्प रहेको अबस्था छ ।

यस्तै सल्यानको छिमेकी जिल्ला दाङमा पनि बन्दको पूर्ण प्रभाव परेको छ । बन्दले जिल्लाका प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुबाङ, नारायणपुर, हापुरे,विजौरी,गढवामा बन्दको पूर्ण प्रभाव देखिएको छ ।बन्दले व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सम्पूर्ण सवारी साधनहरु ठप्प रहेको अबस्था छ ।

बन्द सफल बनाउन बजारका मूख्य चोकमा बन्दकर्ता बसेका छन् भने कुनैपनि अप्रीय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्थाका लागि अघिल्ला दिनहरुभन्दा धेरै सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बन्द शोमबार साँझ ५ बजे पछि खुल्ने नेकपा दाङले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार, ,  २ : १८ बजे

प्रतिक्रिया दिनुहोस्