हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी सर्बसम्मत चयन भएको छ । शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा बसेको माओवादी केन्द्र कर्णाली प्रदेश समितीको दोस्रो बैठकले पदाधिकारी सर्बसम्मत चयन गर्ने निर्णय गरेको हो ।

गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भएपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन । माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश मल्लका अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान),ढकवीर राना (जाजरकोट)
कृष्ण जिसी (सुर्खेत) र सचिवमा धनजित शाही (कालिकोट) सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै प्रदेश समितिको दोस्रो बैठकले सह–सचिवमा वीरबहादुर कुवँर (जुम्ला),लालकेश जैसी (हुम्ला),विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्षमा मालबहादुर रोका (डोल्पा) लाई सर्बसम्मत चयन गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार, ,  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्