हामी परिक्षण प्रसारणमा छौ



सल्यान, ३० फागुन । सल्यानको बागचौर नगरपालिका–४,पेदिखोला स्थित सरस्वती माध्यामिक विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरिएको छ । ३६ लाख रकममा बनाईएको उक्त भवनको उद्घाटन बागचौर नगरका नगरप्रमुख लोकमान बुढाथोकीले हिजो एक कार्यक्रका बीच उद्घाटन गर्नुभएको हो ।

बृहत अभिभावक भेला समेत आयोजित उक्त कार्यक्रममा ‘नवराज पुन जेहेन्दारिता छात्रवृत्ति’ समेत वितरणा गरिएको थियो । गत वर्षको एसईई परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने २ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

हाल अमेरिका बस्ने नवराज पुन ले केही समय अघि आफ्नो नाममा अक्षयकोष खडा गरेका थिए,उनी यस विद्यालयमा लामो समय सम्म प्रधानाध्यापकको भूमिकामा रहनुभएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार, ,  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्