हामी परिक्षण प्रसारणमा छौ

सल्यानमा दुई क्षेत्र ५ कमान्ड बनाएर चुनावमा होमियो माओवादी केन्द्र

प्रदेश सभा (क) को इञ्चार्जमा ज्ञानबहादुर वली र प्रदेश सभा (ख) को इञ्चार्जमा रत्नबहादुर वली



सल्यान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सल्यान जिल्ला समन्वय समितिको प्रथम बैठक समितिका संयोजक कृतिबहादुर पुनको अध्यक्षतामा सल्यान खलंगामा सम्पन्न भएको छ ।

बैठकले पार्टी विधानमा व्यवस्था भए अनुसार १२५ सदस्यीय जिल्ला समन्वय समिति सल्यानको गठन गरेको छ भने जिल्ला सचिवमा निमबहादुर केसीलाई सर्वसम्मत चयन गरेको छ। यसैगरी विधानमा व्यवस्था गरे अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय समिति गठन गरेको छ।

प्रदेश सभा (क) को इञ्चार्जमा ज्ञानबहादुर वली र संयोजकमा धर्मे बुढाथोकी तथा प्रदेश सभा (ख) मा इञ्चार्जमा रत्नबहादुर वली र संयोजकमा चित्रबहादुर केसीलाई चयन गरेको छ।
आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्यित गरेर जिल्लालाई ५ कमाण्डमा विभाजन गरिएको छ ।

जसअनुसार १ नं कमान्ड वागचौर र दार्मा संयोजन जिल्ला इञ्चार्ज उमाकान्त शर्मा, २ नं कमान्ड बनगाड कुपिण्डे र कुमाख संयोजन कर्णाली प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी,३ नं कमान्ड शारदा र सिद्ध कुमाख संयोजन जिल्ला संयोजक कृतिबहादुर पुन,४ नं कमान्ड कालिमाटी र त्रिवेणी संयोजन कर्णाली प्रदेश समिति सदस्य भिमप्रकाश शर्मा र ५ नं कमान्ड कपुरकोट र छत्रेश्वरी संयोजन केन्द्रीय सदस्य टीका बुढाथोकी रहनु भएको छ।

जिल्ला समन्वय समितिमा पदेन सदस्यहरु (जिल्लामा कार्यरत प्रदेश सदस्यहरु र १० वटा पालिका समितिका पदाधिकारीहरु) को २५ प्रतिशतले हुन आउने २९ जनालाई जिल्ला समन्वय सदस्यमा मनोनयन गरिएको छ।

जसअनुसार,हरिप्रकाश बुढाथोकी,सेते ओली,कविराम बस्नेत,हर्षबहादुर बुढाथोकी,हरिलाल डिसी,टंकप्रसाद ढकाल,तुलसीराम घर्ती,शेरबहादुर केसी,दिपक एरी,जितबहादुर पुन,केशवराज शर्मा,डिल्लीराज रावत,दिपक सोनी,हरिहर बुढाथोकी,लालचन्द रावत,रत्नबहादुर वली,मानसिंह बिक,घनबहादुर वली,भिमबहादुर परियार,खर्कबहादुर बुढा,निमबहादुर बिक,अमदिन मियाँ हुसेन,रिमबहादुर बस्नेत,भुपेन्द्रराज वली,तुलाराम बोहरा,दिपक शर्मा र शान्ता वली रहनुभएको छ।

उक्त बैठकमा केन्द्रीय सदस्य टेकबहादुर बस्नेत,टीका बुढाथोकी,केन्द्रीय सल्लाहकार तथा जिल्ला इञ्चार्ज उमाकान्त शर्मा,कर्णाली प्रदेश अध्यक्ष बिमला केसी,उपाध्यक्ष कर्णबहादुर बुढाथोकी,सचिव धनजित शाहीले समसामयिक राजनीति,संगठनात्मक विषय र आसन्न स्थानीय तहको निर्वाचन तयारी सम्बन्धमा प्रशिक्षण मन्तव्य राख्नुभएको थियोे।

बैठकले संगठन सुदृढीकरण,पालिका समन्वय र निर्वाचन सम्बन्धि महत्त्वपूर्ण निर्णय गरेको जिल्ला सचिव निमबहादुर केसीले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार, ,  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्