हामी परिक्षण प्रसारणमा छौ

एमसीसीको विषयमा झुटको खेतीगर्नेहरुको मुकुन्डो समेत च्यात्तियो : महत

उचित प्रचार र त्यसको विकास हुन नसक्दा धार्मिक सम्पदा ओझेलमा परे




सल्यान  । सल्यान छत्रेश्वरी गाउँपालिका- ६,शंखमुलमा निर्माण गरिएको नेपालकै सबैभन्दा ठुलो शङ्खको आइतबार पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले उद्घाटन गर्नुभएको हो । 

नेता महतले उद्घाटन गर्दै मानिसलाई भौतिक सुख सुविधा मात्र नभई आत्मसन्तुष्टिका लागि आध्यात्मिक विकास हुन पनि जरुरी रहेको बताउनुभयो । महतले नेपालका विभिन्न स्थानमा  रहेका धेरै धार्मिक तथा पर्यटकीय स्थलको महत्त्व  भएपनि त्यसको उचित प्रचार र त्यसको विकास हुन नसक्दा ओझेलमा परेको  बताउनुभयो  । 

एक अर्को प्रसंगमा हालै संसदबाट पास भएको एमसीसी नेपाल र नेपालीको हितमा भएको बताउँदै महतले एमसीसीको विषयमा झुटको खेतीगर्नेहरुको मुकुन्डो समेत च्यात्तिएको बताउनुभयो । 

नेता महतले अघिल्लो निर्वाचनमा ५० वर्षसम्म निरन्तर सरकार चलाउँछौँ भनेर भोट मागेका नेपालका कम्युनिस्टहरू ३ वर्ष पनि टिक्न नसकेर  पाँच वर्षको कार्यकाल तीन वर्ष भित्रमै कांग्रेसलाई सरकार सञ्चालनको साँचो बुझाएको बताउनुभयो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार, ,  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्