काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार बसेको छ । बालुवाटारमा जारी नेकपा सचिवालय बैठकमा नेकपाका दुबै अध्यक्ष सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक सुरु हुनुअघि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड झण्डै २६ दिनको संबादहिनतालाई तोड्दै बालुवाटारमा एक्लाएक्लै भेटवार्तामा सहभागी भएका हुन ।
शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डका दुवै प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।