हामी परिक्षण प्रसारणमा छौ



२२ चैत, सल्यान। सल्यानको सारदा नगरपालिका -१ दारिमचौरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


शारदा नगरपालिका-१ दारिमचौरबाट श्रीनगर तर्फ जाने क्रममा  भे १ ज ३३६ नम्बरको जीप दारिमचौरमा  दुर्घटना हुँदा सोहिठाउ निवासी गाडीका सहचालक १८ बर्षिय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी हवल्दार  प्रेम केसीले जानकारी दिनुभयो ।

प्रहरी हवल्दार केसीका अनुसार दुर्घटना मंगलबार (आज) बिहान करिब ६ वजेको समयमा जीप दुर्घटना भएको हो । यस्तै दुर्घटनामा परेर गाडी चालक सोही ठाउँ निवासी २१ बर्षिय थलराज वली सामान्य घाइते हुनुभएको छ । गाडी सडकबाट करिब १५ मिटर तल खसेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार, ,  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्