हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले आज मुल्य वृद्धिका विरुद्ध श्रीनगरमा  विरोध प्रदर्शन गरेको छ ।

बिरोध सभा कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेलले सरकार माफियाकरणमा परिनत भएकोले अहिलेसम्मकै मुल्य वृद्धि दर उकालो लागेको बताउनुभयो । वर्तमान सरकारले जनताको जीवनमा ढाड सेकिरहेको बताउँदै सबिनले दलदलको भुमरीमा सरकार रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रम बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका विषेश कमिटी सदस्य लाेकपाल केसीले जनयुद्ध र जनआन्दाेलनले सहिद र नेपाली जनताको सपना अझै पुरा नभएको बताउदै उहाँले भन्नुभयो, ‘अहिलेको राज्यसत्तामा दलाल र राष्ट्रघातीहरु छन् । उनिहरुलाई गाउँगाउँ लखेट्नु पर्छ ।”

नेकपाका जिल्ला सेक्रेटरी नारायण चन्दकाे अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय सदस्य सविन, विषेष कमिटी सदस्य लाेकपाल, अनेमसंघ (क्रान्तिकारी ) कि केन्द्रीय सदस्य हेमन्ता, जिल्ला समिति सल्लाहकार गाेपाल, प्रदिपकाे उपस्थिति रहेको थियोे ।

आज (बिहीबार) जनआन्दोलन दिवसको अवसरमा सल्यानको श्रीनगरमा नेकपाले विरोध कार्यक्रम गरेको  जनाएको छ । श्रीनगरको बीच बजारबाट निस्केको बिरोध जूलूस सल्यान उद्योग वाणिज्य संघको हलमा गएर कार्यक्रममा परिणत भएको थियोे ।

नेकपा जिल्ला कार्यालय सदस्य टंक प्रकाश केसीकाे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला कार्यालय  सदस्य मदन चन्दले गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार, ,  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्