हामी परिक्षण प्रसारणमा छौ



वैशाख १५,सल्यान । सल्यान दार्मा गाउँपालिका- ५, बागखोरमा रहेको घट्टेखोला सामुदायिक वनको भीरमा बिहिवार  शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय सल्यानले शव दार्मा गाउँपालिका-५, तीनपोखरीका ७४ वर्षीय गगन खड्काको रहेको जनाएको छ । वैशाख ३ गते साँझ घरबाट हराएका उनको सडकबाट करिब ७ सय मिटर तल  सडेगलेको अवस्थामा शव फेला परेको हो । 

बाटोमा हिड्ने क्रममा केहि गन्ध आएपछि खोजी गर्ने क्रममा स्थानीयले शव फेला पारेका थिए । वृद्धको कपडा र चप्पलको सहयोगले परिवारले शव पहिचान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको  छ ।
 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार, ,  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्