सल्यान,२४ वैशाख। यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसार गर्न दल तथा तिनका उम्मेदवारलाई अब जम्मा ३ दिनको मात्र समय बाँकी छ।
स्थानीय तहको चुनावमा विपक्षी दल तथा उम्मेदवारलाई अन्तिम धक्का दिने र आफ्ना उम्मेदवारको जित निश्चित गर्ने उद्देश्यले माओवादी केन्द्र र एकीकृत समाजवादीका सल्यानका शीर्षनेताहरू जिल्लाभर हुने गठबन्धनका पालिका स्तरीय तथा वडा तहका चुनावी सभाहरुमा निस्किनु भएको छ।
सल्यान बागचौरका विभिन्न वडा,शारदा नगरपालिका, कपुरकोट, छत्रेस्वरि,बनगाड कुपिन्डे,सिद्ध कुमाख, त्रिबेणी,कालिमाटी हुँदै कुमाख पुगेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सल्यानका सांसद टेक बहादुर बस्नेत र एकीकृत समाजवादी का उपमहासचिव प्रकाश ज्वालाले हरेक सभालाई सम्वोधन गर्दै जसरी पनि गठबन्धका उम्मेदवारले जित्नै पर्ने गरि चुनावी अभियानमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
माओवादी केन्द्र का नेता टेकबहादुर बस्नेत अहिले आफ्नो गृहजिल्ला सल्यानमा केन्द्रित हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवारलाई जिताएर १० वटै पालिकामा आफ्नो पार्टी र गठबन्धन दलको पकट कायम गर्न लागि उहाँ लाग्नु भएको छ।
यसैगरी जिल्ला दौडाहामा निस्कने नेतामा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहनुभएको छ। ज्वाला वैशाख २६ गते सम्म जिल्लाकै विभिन्न पालिका स्तरीय चुनावी सभालाई सम्वोधन गर्ने कार्यतालिका रहेको उहाँको स्वकीय सचिवालयले जनाएको छ।
कपुरकोट, छत्रेस्वरि,बनगाड कुपिन्डे,सिद्ध कुमाख, त्रिबेणी,कालिमाटी हुँदै कुमाख पुगेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सल्यानका सांसद टेक बहादुर बस्नेत र एकीकृत समाजवादी का उपमहासचिव प्रकाश ज्वालाले हरेक सभालाई सम्वोधन गर्दै जसरी पनि गठबन्धका उम्मेदवारले जित्नै पर्ने गरि चुनावी अभियानमा होमिन आ-आफ्ना पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
Error generating audio.