हामी परिक्षण प्रसारणमा छौ



जेष्ठ २,सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भरत गिरि निर्वाचित भएका छ्न ।  

गिरि ३ सय ७५  मतको मतान्तरले बिजयी भएका हुन । उनले २१ सय ७३ मत ल्याएका छ्न । उनका प्रतिद्वन्दी गठबन्धन अन्तरगत एकीकृत समाजबादिका चित्र बहादुर चलाउनेले १७ सय ९८ मत प्राप्त गरे । 

चलाउने २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षमै एमालेका जित बहादुर चलाउनेले मत १४ सय ५५ ल्याएर तेश्रो भएका छन ।

गाउँपालिकाको  उपाध्यक्षमा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी भएका छ्न । उनले २ हजार ३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका पुर्णिमा चलाउनेले १९ सय ६३ मत प्राप्त गरेकी छ्न । 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार, ,  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्