हामी परिक्षण प्रसारणमा छौ



रोल्पा । गंगादेव गाउँपालिका-४ नम्बर वडा कार्यालयको पहिलो बैठक शिक्षा,स्वास्थ लगायत वडाको समग्र बिकासका लागी डटेर लाग्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

केहिदिन अघि बसेको वडा कार्यालयको पहिलो बैठकले स्वास्थ्य व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले वडा बासीको अवस्था मध्यनजर गर्दै आवश्यकता अनुसार कर्मचारीहरु जनताको घर घर गएर भएपनि स्वास्थ्य सेवा दिन निर्देशन गर्नुका साथै कार्यालय समयमा उपस्थिति नहुने कर्मचारीलाई तत्काल कारबाही गर्ने समेत निर्णय गरेको वडा अध्यक्ष कृष्ण वली(बिपिन)ले बताउनुभयो ।

बैठकले शिक्षालाई केन्द्रित गर्दै वडा भित्र का प्रत्येक विद्यालयमा अनुगमन र निरीक्षण गर्ने निर्णय गर्दै गुणस्तरिय शिक्षा दिनको लागि विद्यालयको हरेक समस्यालाई पहिचान गरी त्यसको समाधानका लागी सम्बन्धित निकायमा छिटोभन्दा छिटो पहल गर्ने निर्णय गरेको छ। बैठकले वडा भित्र कार्यरत सम्पुर्ण कर्माचारीलाई कार्यालय समयमा अनिवार्य ड्रेसमा उपस्थिति हुन समेत अनुरोध गरेको छ । जनप्रतिनिधिले समेत नियमित बैठक को समयमा अनिवार्य ड्रेस लगाउनु पर्ने निर्णय गरेको छ।

यस्तै वडा अध्यक्ष कृष्ण वली (बिपिन) को उपस्थितिमा वडा भित्र सञ्चालित बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका परिवारलाई कुखुरा, कुखुराको दाना,पानिखाने भाडाको साथै औषधि समेत बितरण गरिएको ४ नम्बर वडा कार्यालय गंगादेवले जनाएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार, ,  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्