हामी परिक्षण प्रसारणमा छौ




असार, सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी सवार जिल्लाको छत्रेश्वरी गाउँपालिका २ दहखोलाका ६० वर्षीय टुल्क बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्का का अनुसार आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका २ लाखुरीबोटमा रा २ प ४५९२ नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते खत्रीको आज दिउँसो मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

 अनियन्त्रित भएको मोटरसाइकल सडकबाट झन्डै २ मिटर तल खसेको छ । मोटरसाइकल चालक शोही ठाउँका डिल्ली वली नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार, ,  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्