हामी परिक्षण प्रसारणमा छौ





रागेचौर,सल्यान । कुमाख गाउँपालिकामा रहेको शिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्रले पालिकाको वडा नं १ देखी ५ नं सम्मका सामुदायिक विद्यालयका टुहुरा तथा बिपन्न विद्यार्थीहरुलाई झोला, कापी, कलम, बर्णमाला लगाएत शैक्षिक सामग्री बितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी ले टुहुरा, अति विपन्न बालबालिकाको डाटा राख्न र यस कार्यक्रबाट बालबालिकाहरुलाई प्रत्यक्ष लाभ पुग्ने बताउदै आफु निर्बाचित भईसकेपछि आफ्नो मुख्य ध्यान शिक्षा र स्वास्थ्य लाई सुधार्ने तर्फ पहिलो प्राथमिता रहेको बताउनुभयो ।

बिपन्न, टुहुरा बालबालिका कुमाख गाउँपालिकाका विद्यालयमा अझ धेरै भएको र क्रमश: सबैलाई सहयोग गर्न सके यस यस अध्ययन केन्द्रको प्रभावकारीता बढ्ने र यसका लागी स्थानीय निकायले पनि सहयोग गर्नुपर्ने शिक्षा शाखा प्रमुख दिपक कुमार चन्दले बताउनुभयो।

सामुदायिक अध्ययन केन्द्रले शैक्षिक समाग्री बितरण गरेर विद्यार्थीमा उत्साह जोस, जागर र शैक्षिक क्षेत्रमा बालवालिकाले अब्बल उपलब्धीहरु हाशिल गरी आफ्नो भविष्य उज्वल बनाउने तर्फ ध्यान दिन वडा अध्यक्ष केवल बहादुर रानाले विद्यार्थीलाई सल्लाह दिनुभयो। कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई संस्थाले सम्मान गरेको थियो ।

गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी को प्रमुख आतिथ्यता, बिशिष्ट अतिथि ३ नं वडा अध्यक्ष केवल बहादुर राना, शिक्षा शाखा प्रमुख दिपक कुमार चन्द लगायत अन्य ब्यक्तित्वको कार्यक्रम मा सहभागीता थियो ।

संस्थाका सञ्चालक समिति सदस्य तथा जनता मा.वि. रागेचौरका प्रधानाध्यापक गोरख बहादुर बुढाथोकीको स्वागत मन्तव्य, संस्थाका अध्यक्ष भुबनेश्वर शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजिकरण नारायण मा.वि. का शिक्षक धन बहादुर रावतले गर्नुभएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार, ,  १२ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्