हामी परिक्षण प्रसारणमा छौ




दाङ, १८ साउन । हिजोदेखि लगातारको वर्षातका कारण पहिरो खसेपछि घोराही होलेरी सडक अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेका अनुसार वर्षातका कारण सहिदमार्ग अन्तर्गत घोराही–१९ अमेलियामा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा रोकिएको हो ।

अवरुद्ध सडक खुलाउन जेसिबीसहित प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी प्रमुख एसपी काफ्लेलेले जानकारी दिनुभयो । वर्षातले पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो । ठुला–ठुला ढुंगा खसेका कारण सडक खुल्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार, ,  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्